नियम १८
कागजात देखाउनु पर्ने
विभाग वा सो अन्तर्गतका कार्यालयका कर्मचारीहरू र त्यस्ता कर्मचारीहरू नभएका ठाउँमा जिल्ला प्रशासन कार्यालयका अधिकृत कर्मचारी, प्रहरी कर्मचारी तथा सीमा प्रशासन कर्मचारीले कुनै विदेशीको राहदानी, भिसा, पदयात्रा अनुमति पत्र र तत्सम्बन्धी कागजात हेर्न चाहेमा निजले तुरुन्त देखाउनु पर्छ ।